+
+

प्रभुको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:५२

१५ मंसिर, जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् ।

दुवै जनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जग्गा सम्बन्धि विवादलाई लिएर कुटपिटबाट प्रभुको मृत्यु खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

पहिलादेखि चलिरहेको जग्गा सम्बन्धि विवादलाई लिएर बिहीबार राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवार प्रभुको घरमा पुगेका थिए ।

सोही ठाउँमा आक्रमण गर्दा प्रभुको मृत्यु भएको परिवारजनाको भनाइ छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?