+
+

खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्छु : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ११:५५

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले सो कुरा बताएका हुन् । समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको उनले प्रशंसा गरे ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि केही कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए । अबका दिनमा संघीयता कार्यान्वयनका साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन आवश्यक कानुन निर्माणमा लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?