+
+

मेसीको नजरमा यी हुन् विश्वकप जित्न सक्ने चार टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १६:२२

१९ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् ।

शनिबार गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २-१ को जित दिलाएपछि उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन् । ‘अर्जेन्टिना दाबेदारमध्ये एक हो । अर्जेन्टिना पावर हाउस हो र सधैं उत्कृष्ट मध्येमा पर्छ, मेसीले भने, ‘हामीलाई थाहा छ हामी दाबेदारमध्ये एक हौं। तर हामी अष्ट्रेलिया विरुद्ध जस्तै मैदानमा त्यसका लागि प्रमाणित गर्नुपर्छ ।’

यस्तै अरु दाबेदार बारे सोधिएको प्रश्नमा मेसीले तीन टिमको नाम लिए । उनले ब्राजिल, फ्रान्स र स्पेनले पनि विश्वकप जित्न सक्ने बताए ।  ‘क्यामरुन विरुद्ध हारे पनि ब्राजिलले धेरै राम्रो गरिरहेको छ । उनीहरु अझै ठूलो दाबेदारको रुपमा छन्,’ ब्राजिलबारे मेसीले भने ।

मेसीले फ्रान्स र स्पेनले राम्रो खेलिरहेको र उनीहरुबाट बल निकाल्न कठिन हुने समेत बताए । उनीहरुलाई जित्न कठिन हुने समेत मेसीले बताए । ‘फ्रान्सले पनि राम्रो गरिरहेको छ र जापानसँग हारेपनि स्पेनले राम्रो खेलिरहेको छ ।’

मेसीले जर्मनी समूह चरणबाट बाहिरिनु आश्चर्य भएको बताए । चार पटकको च्याम्पियन लगतार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ‘उनीहरु बाहिरिएकोमा म धेरै सरप्राइज्ड भएँ,’ मेसीले भने, ‘उनीहरुसँग धेरै उच्च स्तरका खेलाडी थिए र उनीहरु युवा टिम थिएँ जो सधा विश्वकपमा राम्रव टिममध्ये पर्छ ।’

मेसीले जर्मनी पहिलो चरणबाट बाहिरिनुले पनि विश्वकप कति कठिन छ भनेर देखाएको बताए । ‘यो आश्चर्य छ किन उनीहरु फेरि पहिलो चरणबाट आउट भए तर यसले विश्वकप कति कठिन छ भनेर देखाएको छ,’ मेसीले भने, ‘अब राष्ट्रिय टोलीको नामले महत्व राख्दैन, तर तपाईंले पिचमा के देख्नुहुन्छ । सबै कुरा झन्-झन् समान हुँदै गइरहेको छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?