
२० मंसिर, काठमाडौं । फिफा विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले पद छाड्ने घोषणा गरेका छन् ।
गएराति भएको खेलमा ब्राजिलसँग ४–१ गोलअन्तरमा पराजित भएपछि कोरिया विश्वकपबाट बाहिरिएको हो । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षक बेन्टो सन् २०१८ मा दक्षिण कोरिया राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।
‘हामी भविष्यका बारेमा सोचिरहेका छौं । तर, तत्कालका लागि म दक्षिण कोरियाको राष्ट्रिय टिमबाट बाहिरिएको छु’, बेन्टोले भनेका छन्, ‘मैले अहिले खेलाडी र दक्षिण कोरियाली फुटबल महासंघका अध्यक्षलाई यसबारे जानकारी दिएको छु । तर, यो निर्णय सेप्टेम्बरमै भएको थियो ।’
उनले आफूद्वारा प्रशिक्षित टिमको प्रदर्शनमा पूर्ण सन्तुष्ट रहेकोसमेत बताए । ‘उनीहरुले अफ्नो शत प्रतिशत दिएका छन् । उनीहरुको प्रशिक्षक बन्न पाउनु मेरा लागि खुसी र गर्वको कुरा हो’, बेन्टोले थपे ।
बेन्टो प्रशिक्षित टिमले विश्वकपको समूह चरणमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गरी समूह एचको उपविजेताका रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4