
काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले बाल मन्दिरमा विश्वकप फुटबलमा आधारित उत्सव आयोजना गरेको छ । फिफा विश्वकप-२०२२ लाई लिएर फुटबल थिममा आधारित उत्सवको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलर उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रिती राई, प्रशान्त अवस्ति लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटको सीईओ सेवा पाठकको पनि सहभागिता रहेको थियो ।
सीईओ पाठकले फुटबल समानताको खेल भएको बताउँदै, कार्यक्रममा आएका सम्पूर्ण अतिथि तथा बाल मन्दिरका सहजकर्तालाई धन्यवाद दिए ।
बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले यस कार्यक्रम र बाल मन्दिरलाई दिएको सहयोगको लागि भायानेटलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको मुख्य भागमा बाल मन्दिरका बच्चाहरु र कार्यक्रममा सहभागी अतिथिहरु सम्मिलित टिम बीच फुटबल खेल खेलाइको थियो।
भायानेटले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो।
प्रतिक्रिया 4