+
+

एक सातामा ११ अर्बले बढ्यो निक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:४१

२० मंसिर, काठमाडौं । पछिल्लो एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ । ९ मंसिरमा ४५ खर्ब ६२ अर्ब रहेको निक्षेप १६ मंसिरमा ४५ खर्ब ७३ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

कात्तिक मसान्तको तुलनामा २ मंसिरमा ५ अर्बले घटेको निक्षेप पछिल्लो दुई सातामा भने १५ अर्बले वृद्धि भएको छ । कात्तिक मसान्तमा ४५ अर्ब ६३ अर्ब रहेको निक्षेप २ मंसिरमा ५ अर्बले घटेर ४५ खर्ब ५८ अर्बमा झरेकोमा ९ मंसिरमा बढेर ४५ खर्ब ६२ अर्ब पुगेको थियो । यस्तै १६ मंसिमार थप वृद्धि भएको हो ।

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप चालु आर्थिक वर्ष लागेपछि साउनमा घटेर ४४ खर्ब ३३ अर्बसम्म झरेको थियो । साउनमा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसपछिका महिनामा भने क्रमशः बढ्दै गएर १६ मंसिमा आउँदा असार मसान्तको भन्दा ३२ अर्बले माथि पुगेको बैंकर्स संघको तथ्यांक छ ।

निक्षेप बढ्दै जाँदा कर्जा लगानी भने स्थिर जस्तै देखिएको छ । कात्तिक मसान्तमा ४२ खर्ब २२ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा २ मंसिरमा ४२ खर्ब १९ अर्बमा झरेको थियो । ९ मंसिरमा पुन ४२ खर्ब २२ अर्ब नै पुग्दा १६ मंसिरमा ४२ अर्ब २३ अर्ब पुगेको छ । कात्तिक मसान्तको तुलनामा समग्रमा निक्षेप १० अर्बले वृद्धि हुँदा कर्जा लगानी १ अर्बले मात्रै बढेको छ । जसमे गर्दा कर्जा–निक्षेप अनुपान (सीडी रेसियो) ८६.७६ प्रतिशतमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?