+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

औद्योगिक क्षेत्रको भाडा वृद्धि फिर्ता लिन उद्योगीहरुको माग 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:५०

२० मंसिर, काठमाडौं । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालकहरुले भाडा वृद्धि फिर्ता लिन माग गरेका छन् । २०७५ सालमा बढेको भाडा उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरुलाई पत्राचार गरेपछि उद्योगीहरु आन्दोलित भएका हुन् ।

उद्योगीहरुको साझा संस्था नेपाल औद्योगिक क्षेत्र महांसघले उद्योग मन्त्रलयमा ज्ञापन पत्र बुझाउँदै बढेको भाडा असुल गर्न गरिएको ताकेता फिर्ता लिन ७ दिने अल्टिमेटम दिएको हो । भाडा उठाउने ताकेता फिर्ता नलिए कडा आन्दोलन गर्ने महासंघका अध्यक्ष रामहिरा पाठकले बताए ।

‘पहिल्यै विवाद रहेको भाडा उठाउन फेरि ताकेता भएपछि हामी आन्दोलित भएका हौं,’ पाठकले भने, ‘सरकारले पहिल्यै अस्वीकार गरेको भाडा हामी तिर्न तयार छैनौं ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रका ७४० वटा उद्योगले ५३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

२०७५ सालमा लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार बढेको भाडा उठाउन लिमिटेडले उद्योगहरुलाई ताकेता गरेको लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?