+
+

कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते २०:५८

२० मंसिर, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटिएको छ । भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार साँझ नदीमा भेटिएको जानकारी दिए । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?