+
+

कतार विश्वकपकै पहिलो ह्याट्रिक गर्ने रामोस भन्छन् : सपनामा पनि सोचेको थिइनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १०:०५

२१ मंसिर, काठमाडौं । पोर्चुगलका गोन्सालो रामोस विश्वकपको अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा पहिलो रोजाईँमा परेपछि अरु जस्तै आश्चर्यमा थिए ।

स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा उनै रामोसले ह्याट्रिक गरे । जुन उनी आफैँले कल्पना गरेभन्दा बाहिरको थियो ।

विश्वकपमा उनले पहिलो पटक पहिलो रोजाईँमा खेलेका थिए । तर पोर्चुगललाई सन् २००६ पछि विश्वकपको क्वाटरफाइनलम पुर्‍याउने क्रमम उनले सनसनी प्रदर्शन गर्दा ह्याट्रिक गर्नुका साथै एक असिस्ट समेत गरे ।

प्रशिक्षक फर्नान्डो सान्तोसले अट्याकमा क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै उनको स्थानमा रामोसले खेलाउने भएपछि २१ वर्षीय रामोसले खेलअघि नै हेडलाइनमा छाइसकेका थिए । कतार विश्वकपकै ठूलो कथा बन्ने क्रमममा यी युवालाई धेरै समय लागेन ।

‘मैले मेरो सपनामा पनि म नकआउट चरणको पहिलो रोजाईँमा पर्छु भनेर सोचेको थिइँन’, रामोसले मुस्कुराउँदै भने ।

खेलअघि रोनाल्डोले खेलअघि रोनाल्डो बेञ्चमा बस्ने बारे केही कुरा नभएको  बताए ।  ‘साँच्ची भन्दा हाम्रो टिममा यस बारे कसैले केही भनेका थिएनन् । क्रिस्टियानो हाम्रो कप्तान हुन् । सधैँ जस्तै उनी हामीलाई सहयोग गर्छन् र उत्साह दिन्छन् । मलाई मात्र होइन टिममेटलाई पनि उही गर्छन् ।’ रामोसले पोर्चुगलको सिनियर टिममा खेल्न थालेको धेरै भएको छैन । उनले विश्वकपअघिको वार्मअप खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराउँदा डेब्यु गरेका थिए ।

विश्वकपको समूह चरणमा तीन मध्ये दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट खेलेका थिए ।

स्वीट्जरल्याण्ड विरुद्ध तीन गोल गरेपछि रामोस विश्वकपमा पहिलो रोजाईँमा खेलेको पहिलो खेलमै ह्याट्रिक गर्ने २० वर्ष यताकै पहिलो खेलाडी बने । यसअघि सन् २००२ मा जर्मनीका मिरोस्लाभ क्लोजले साउदी अरेबिया विरुद्ध यस्तै उपलब्धि हासिल गरेका थिए ।

रामोसले स्वीट्जरल्याण्ड विरुद्ध खेलको १५ औं मिनेटमै पहिलो गोल गर्दै खाता खोलेका थिए । ५१औं मिनेटमा दोस्रो गोल गरेका उनले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । रामोसले गोल गर्दा स्वीट्जरल्याण्डका गोलकिपर यान सोमेर पनि नतमस्तक बनेका थिए ।

रामोसले शनिबार हुने मोरक्को विरुद्धको क्वाटरफाइनलमा आफूले पहिलो रोजाईँमा खेल्नेछु भन्न अहिले हतार हुने बताए । रोलमोडलको बारेमा सोधिएको प्रश्नमा रामोसले भने, ‘क्रिस्टियानो रोनाल्डो एक हुन्, रोवर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोभिच पनि हुन् ।’ उनीहरुको खेल रामोसले राम्रोसँग नियालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?