+
+

टोखाको मनोहर माविका प्रधानाध्यापकमाथि छात्रा दुर्व्यवहार गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १५:२७
मनोहर मावि

२१ मंसिर, काठमाडौं । टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी छन् ।

जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी बताउँछन् ।

विद्यालयका एक जना छात्राका अनुसार प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, अन्य कोही कार्यकक्षमा भए पहिले अरुलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेका थिए ।

उनका अनुसार अहिले एकजनाले मात्र प्रहरी कहाँ जाहेरी दिए पनि कक्षा ८, ९ र १० का थप केही विद्यार्थी पनि भट्टराईबाट पीडित छन् ।

‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो भन्दै दुर्व्यवहार गर्ने गरेका छन्’, जाहेरीमा भनिएको छ ।

विद्यार्थीले प्रधानाध्यापकमाथि कारबाही गर्न माग राख्दै मंगलबार विद्यालयमा प्रदर्शनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?