
काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न बैंक्ले ल्याएको योजना ले मद्धत गर्ने विशवास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4