+
+

भलिबलको पनि राष्ट्रिय खेलाडी थिए इभान पेरिसिच

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १४:०४

२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत आइतबार क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

त्यसअघिको खेलमा १-० ले पछि परेको क्रोएसियाका लागि इभान पेरिसिचले बराबरी गोल पर्काएका थिए । जापानले पहिले गोल गर्दै अग्रता लिएको खेलमा पेरिसिचको गोलबाट नै क्रोएसिया खेलमा फर्किएको थियो ।

पेनाल्टी सुटआउट अघि नै रिप्लेस भएपछि पेरिसिचले पेनाल्टी भने हान्न पाएनन् । साविक उपविजेता क्रोएसियाको जितमा उनको योगदान भने रह्यो ।

इंग्लिस क्लब टोटनहमबाट व्यवसायिक फुटबल खेल्ने पेरिसिचले कुनै समय क्रोएसियाको भलिबल टिमबाटसमेत खेलेका थिए । उनले बिच भलिबलमा क्रोएसियाको प्रतिनिधित्व गरेका थिए ।

३३ वर्षीय विंगर पेरिसिकले सन् २०१७ मा एफआईभिबी बिच बलिल वर्ल्ड टुर परेज मेजरमा सहभागिता जनाएका थिए । उनले निक्सा डेल’ओकोससँग जोडी बनाएर खेलेका थिए ।

तर पेरिसिचको जोडीले सबै तीन खेल हारेको थियो । अमेरिकन कासी पाटरसन र थियो ब्रनर तथा अमेरिकाकै ज्याकोब गिब र टेलर क्राब तथा ब्राजिलका अल्भारो फिल्हो र सेमोन बार्बवसाको जोडीसँग पेरिसिचको जोडी पराजित भएको थियो ।

पेरिसिचले खेलको म्याच फि बीच भलिबल खेलको विकासका लागि क्रोएसियन भलिबल फेडेरेसनलाई सहयोग गरेका थिए । बीच भलिबल खेलेको अर्को वर्ष २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनी पनि टिमको सदस्य थिए ।

सन् २०११ मा क्रोएसियाको फुटबल टिमबाट डेब्यू गरेका पेरिसिकले १२० खेलमा ३३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?