+

दक्षिण एसियाली करातेमा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान

२०८२ असार  १६ गते २१:०५ २०८२ असार १६ गते २१:०५
दक्षिण एसियाली करातेमा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको कराते टोलीले १६ असारमा कोलम्बो प्रस्थान गरी जुलाइ २ देखि ७ सम्म हुने प्रतियोगितामा भाग लिनेछ।
  • श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगितामा ६३ खेलाडी र १० टोली सदस्य सहभागी हुनेछन्।
  • राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराते महासंघले टोलीलाई सफलताको शुभकामना व्यक्त गरे।}

१६ असार, काठमनडौं । नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।

श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । खेलाडीसहित टोली ७३ सदस्यीय रहेको छ ।

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडीसहितको टोली भने थाइल्यान्डबाटै प्रतियोगितामा सहभागी हुन श्रीलंका जाने छन् । नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, महासचिव दावा गुरुङलगायत एक कार्यक्रमबीच बिदाइ गरे ।

दक्षिण एसियाली कराते च्याम्प्यिनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय