+
+

कृषा ताम्राकारको चित्रपुस्तक ‘यःमरि’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १६:३४

काठमाडौं । लेखक तथा चित्रकार कृषा ताम्राकारको नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ विमोचन गरिएको छ ।

बिहीबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक ताम्राकारसहित एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरे । विमोचनसँगै सेफ रविन श्रेष्ठले छेउमै यःमरि समेत बनाएर देखाएका थिए ।

कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले विमोचन कार्यक्रमको नयाँ शैलीलाई उत्साहका रूपमा लिएको बताइन् । कथालयले बालसाहित्य मात्र नभई किशोर साहित्य समेत प्रकाशन गरिरहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण प्रकाशन गर्दै आएको  पनि सुनाइन् ।

कार्यक्रममा अतिथिहरुलाई यःमरि खुवाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?