+
+

लिग टू क्रिकेट : त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १८:११

२२ मंसिर, काठमाडौं । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ ।

नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजर १६ रनको स्कोरमा आउट भए पनि अर्का ओपनर जर्ज मुन्से र क्रिस्टोफर म्याकब्राइडले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरी जित आधार तय गरेका थिए ।

मुन्से ४५ रन बनाएर दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लू आउट भए । म्याकब्राइड ४६ रनमा अविजित रहे । कप्तान रिची बेरिङटन १२ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए ।

यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल टिम स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । नामिवियासँगको दोस्रो खेलमा बुधबार ८६ रनको पराजय ब्यहोरेको नेपालले शृंखलामा जितविहीन रह्यो । यो

शृंखलाको निराशाजनक प्रदर्शनपछि नेपालले अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि कठिन हुने देखिएको छ ।

नामिवियामा नेपालको ब्याटिङ र बलिङ दुवैमा निकै नै कमजोर प्रदर्शन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?