+
+

डिलिट हुँदैछन् साढे एक अर्ब ट्वीटर अकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १२:५५

माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् ।

ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् ।

मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् ।

ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रष्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?