२८ मंसिर, काठमाडौं । मधेशी आयोगले सरकार किसानको समस्याप्रति गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु दुखद भएको बताएको छ ।
सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानले विचौलियालाई कम मूल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।
आयोगले विगतको दिनमा पनि किसानहरुले मलखादका लागि आन्दोलन भइरहेको भन्दै अबको दिनमा यस्ता समस्याहरुलाई सरकारले अलग्गै संयन्त्र बनाई समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4