+
+

सामान्य घटेर बन्द भयो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १५:२९

२८ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो । बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे । अन्य उपसूचक भने राताम्य रहे । बुधबार सीवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको समेत मूल्य धेरैले बढेको छ ।

बुधबार पिपुल्स हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक किसान लघुवित्त, अजोड इन्स्योरेन्स, समिट लघुवित्तसहितका कम्पनीको मूल्य बढी घटेको छ । बुधबार नेपाल टेलिकम, कृषि विकास बैंक, नबिल बैंकसहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?