+
+

ग्लोबल आईएमई बैंक र बीओकेले दिए मर्जर स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १८:३१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन दिएका छन् ।

ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन बुझाएका हुन् ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बीओकेबीच मर्जर प्रयोजनका लागि २ असार २०७९ मा प्रारम्भिक सहमति तथा २८ कात्तिक २०७९ मा अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?