+
+

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १३:०९

एकजना युवतीले आफ्नो गर्भाधान तथा सन्तान प्राप्तिको बारेमा गरेको खुलासाले सबैलाई तिनछक बनाइदिएको छ ।

ती युवतीले वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान मात्र गरिनन् स्वस्थ बच्चा पनि जन्माउन सफल भएकी छिन् ।

२३ वर्षकी युवतीको नाम सेनन नाजरोभिज हो । बेलायतको म्यानचेस्टरमा बस्ने सेननले आफ्नो गर्भासयसम्म शुक्रकिट पुर्‍याउनका लागि वीर्य भरिएको कालपोल सिरिन्जको प्रयोग गरेकी थिइन् ।

आफूले १९ वर्षकै उमेरमा त्यसरी गर्भाधान गरेर बच्चा जन्माएको र अहिले आफू एक छोरीको आमा रहेको उनले खुलासा गरिन् ।

सेननले आफ्ना छोरी ओशनसँगका भिडियोहरु प्रायः टिकटकमा शेयर गर्दछिन् । उनले आफ्नो गर्भाधारणको बारेमा उक्त अनौठो खुलासा पनि टिकटक भिडियोमै गरेकी हुन् ।

सेननले जुन विधिबाट गर्भाधारण गरिन् त्यसलाई घरेलु गर्भाधान अर्थात् होम इन्सेमिनेसन भनिन्छ ।

सेननका अनुसार उनले सबैभन्दा पहिले शुक्रकिट दाताको खोजी गरिन् । त्यसमा उनलाई धेरै समय लागेन । शुक्रकिट दाता खोज्न र मेडिकल रेकर्ड हेरेको तीन महिनाभित्र घरमै कालपोल सिरिन्जको प्रयोग गरेर उनले गर्भाधान गरिन् ।

आफू समलिंगी भएको हुँदा शुक्रकिट दाता तथा सिरिन्जको प्रयोग गरेको पनि उनले खुलासा गरेकी छिन् ।

धेरै मानिसलाई यसरी पनि गर्भ रहन्छ भन्नेमा अझै विश्वास छैन, त्यसैले उनले यसबारेमा धेरै भिडियो तयार गरेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?