
फाइल तस्वीर
२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्समा एयर होस्टेसहरु आन्दोलनमा उत्रिएपछि बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान प्रभावित बनेका छन् ।
निगमका अनुसार बिहीबार काठमाडौंबाट ताप्लेजुङमा दुई उडान गर्ने सेड्यूल थियो । भोजपुरमा एक, फाप्लुमा एक र दाङमा एक उडान राखिएको थियो । तर, अपरान्हसम्म यी उडान हुन सकेका छैनन् ।
निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन् । यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रु अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4