+
+

सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते २२:२४

काठमाडौं । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् ।

आज (शुक्रबार) प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे ।

टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई र टीम प्रविशाका प्रिजोल नेपाली बाहिरिए ।

दर्शकको भोटमा आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिए । शनिबारको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन् ।

टीम प्रमोद खरेलबाट आशिष महर र योगेश मगरमध्ये एकजना तथा टीम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?