+
+

दयाहाङले बढाए पारिश्रमिक, भन्छन्- यो कुरा कन्टेन्टमा निर्भर गर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:०८

काठमाडौं । ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा हिट भएपछि अभिनेता दयाहाङ राईले पारिश्रमिकमा वृद्धि गरेका छन् । स्रोतका अनुसार उनको पारिश्रमिक झण्डै दोब्बर भएको छ ।

२०७९ सालमा प्रदर्शनमा आएका यी तीनै फिल्मले दयाहाङको स्टारडम मात्र होइन, व्यापारको खडेरी पनि तोडेका थिए । लगातार फिल्म हिट भएपछि दयाहाङले पारिश्रमिक वृद्धि गरेका हुन् ।

उनले पछिल्लो फिल्म ‘हात्तीछाप’लाई आकर्षक पारिश्रमिकमा साइन गरेका छन् । निर्माता किरण नेपालीले राम्रो रकममा दयाहाङलाई अनुबन्धित गरिएको जानकारी दिए । उनी ३० लाख रुपैयाँ पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको चर्चा छ ।

अनलाइनखबरसँग कुरा गर्दै दयाहाङले आफूले पारिश्रमिक वृद्धि गरेको संकेत गरे । ‘पारिश्रमिक बढी लिने कुरा कन्टेन्टमा निर्भर गर्छ । व्यवसायिक रुपमा फिल्म राम्रो चल्नेछ भने सोहीअनुसारको लिनुपर्छ र कन्टेन्ट राम्रो छ भने कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ,’ उनले भने ।

यद्यपि, ३० लाख रुपैयाँ लिएको भन्ने कुरालाई उनले स्वीकारेनन् । तर निर्माता नेपालीले चाहिं यो पारिश्रमिकतर्फ संकेत गरे । पछिल्लो समय दयाहाङका फिल्मले नेपाल र विदेशमा सबैभन्दा बढी कमाएका छन् । ‘कबड्डी ४’ ले झण्डै २३ करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?