+
+

आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:२८

३ पुस, धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आगलागीबाट लत्ता कपडा, अन्नपात, भाडाबर्तनसहित ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरसँगै रहेको कुखुरा फार्मका २ सय वटा कुखुराका चल्ला समेत मरेका छन् ।

स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा आगो नियन्त्रण गरिएको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?