+
+

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते ९:१८

४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् ।

जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?