+
+

जनमत पार्टीले छान्यो उपनेतासहित प्रमुख सचेतक र सचेतक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १५:१०
डा. सिके राउत

४ पुस, काठमाडौं । प्रतिनिधि सभा सदस्यमा ६ सिट जितेको जनमत पार्टीले संसदीय दलका नेतासहितका पदाधिकारी चयन गरेको छ ।

काठमाडौंको बुद्धनगरमा बसेको बैठकले दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको  जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए ।

यस्तै बैठकले सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरेको छ । अन्य दलले यसअघि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्ने परम्परा नभए पनि जनमत पार्टीले यी पदमा पनि चयन गरेको हो ।

संसदमा १० सिट नपुगेका कारण जनमत पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुले संसद सचिवालयबाट थप सुविधा पाउने छैनन् । तर जनमत पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी भने पाउने छ ।

जनमत पार्टीको आइतबारको बैठकले नै दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?