+
+

एनएमबि बैंकको ‘अपन एनएमबि बचत खाता’: ९.१३३ प्रतिशत ब्याज पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १२:५४

काठमाडौं । एनएमबि बैंकले “अपन एनएमबि बचत खाता” सञ्चालनमा ल्याएको छ ।

मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने उक्त बचत योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?