+
+

राष्ट्रपतिको कार्यालयले थाल्यो संसदका जेष्ठ सदस्यको शपथको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:२५

५ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ ।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन सक्छ, वा बिहीबार बिहानै पनि हुन सक्छ । ठ्याक्कै समय तय भएको छैन’, ढकालले अनलाइनखबरसँग भने ।

प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । संघीय संसद सचिवालयले सांसदहरुको शपथ कार्यक्रम ७ पुसको दिउँसो १ बजे तय गरेको छ ।

संघीय संसद सचिवालयका अनुसार सोमबार बेलुकी ज्येष्ठ सदस्य पहिचान गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो । ज्येष्ठ सदस्यले अन्य सांसदहरुलाई शपथ ग्रहण गराउनुका साथैसभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् ।

राष्ट्रिय पञ्चायतदेखि नेपालको विधि निर्माणमा संलग्न जबरा ८१ वर्षमा भए । २०३० मंसिर २४ गते जारी भएको जबराको नागरिकतामा उमेर ३२ वर्ष लेखिएको छ । संघीय संसद सचिवालयले जारी भएको मिति अनुसार जन्ममिति तय गरेर जेष्ठ सदस्य पहिचान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?