+
+

‘प्रसाद २’मा यस्तो छ केकीको नारायणी लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १४:१५

काठमाडौं । ‘प्रसाद २’को छायांकन सेटबाट अभिनेत्री केकी अधिकारीको ताजा तस्वीर बाहिरिएको छ । फिल्ममा उनले अभिनय गरिरहेको चरित्र नारायणीको लुक्स पनि हो यो ।

तस्वीरमा लङकोट पहिरिएकी उनी खुसी देखिएकी छन् । पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा फिल्म खिचिएको छ । बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु भएको हो ।

अन्तरजातीय विवाह र प्रेम सम्बन्धको कथावस्तु पेस गर्ने यो फिल्ममा केकीको अपोजिटमा विपिन कार्की छन् । अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी पनि छन् ।

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । ‘प्रसाद’को अघिल्लो श्रृंखलामा नारायणी पात्रको भूमिकामा नम्रता श्रेष्ठले अभिनय गरेकी थिइन् । केही कलाकार र निर्माण टिम हेरफेरसहित फिल्म छायांकन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?