+
+

‘सुनकेशरी’को भर्पाइ फिल्म हो ‘चि मुसी चि’ : ऋचा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १२:३३

काठमाडौं । नेपालमा हरर फिल्म ट्रेन्डको इतिहास लामो छैन । सुनकेशरी, कठ्पुतलीजस्ता फिल्मले घरेलु दर्शकलाई तर्साउन कलाको प्रयोग त गरे, तर यी फिल्म व्यावसायिक र समीक्षात्मक दुवै कोणमा असफल रहे ।

हरर भनिए पनि यी फिल्मको केन्द्रमा साइकोलजिकल थ्रिलर तत्व हाबी रह्यो । यी दुई फिल्मका दुई अलग जनरा हुन् ।

तर पुस २२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि’ले नेपालमा हरर फिल्मको ट्रेन्डलाई बदल्ने दाबी गरेको छ । निर्माता अरुण चक्रवर्तीले यो फिल्मले हररको शैलीलाई परिवर्तन गर्ने दाबी गरे ।

ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री ऋचा शर्माले हरर फिल्म बनाउन आफूले यसअघि गरेको प्रयत्न सम्झिइन् ।

‘हरर भन्ने बित्तिकै सुनकेशरीको नाम आइहाल्छ । हामी बनाउन खोजेको चि मुसी चि थियो तर सुनकेशरीजस्तो फिल्म बन्यो । सुनकेशरी एउटा खराब फिल्म बन्यो । तर पनि जीवनमा सिक्ने हो । मैले धेरै कुरा सिक्न पाएकी छु,’ ऋचाले भनिन् ।

ऋचाले अर्पण थापासँगको सहकार्यमा बनाएको सुनकेशरीले दर्शकलाई डराउन दिने भन्दा बढी हँसाएको भन्दै ट्रोल पनि भएको थियो । यी विरोधलाई बल्ल आएर ऋचाले स्वीकारेकी छन् । ‘सुनकेशरीको भर्पाइको रुपमा मैले चि मुसी चिलाई लिएकी छु,’ ऋचाले भनिन् ।

यसपटक ऋचाको यस्तो दाबीले कति काम गर्छ, हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?