+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्ववियु चुनाव फागुन अन्तिममा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १३:२५

७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन फागुन अन्तिममा गर्ने तयारी गरेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने थियो । तर १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन ।

त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिनहरु, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग छलफल गरेको थियो ।

‘बुधबार सबै डीन, कार्यकारी निर्देशकज्यूहरुसँग बसेर के गर्न सकिन्छ भनेर छलफल गरेका थियौं, उहाँहरुको सुझाव अनुसार फागुन अन्तिम हप्ताको पनि अन्तिमतिर गर्न सकिन्छ कि भनेर छलफल गरेका छौं । अब एक पटक विद्यार्थीहरुसँग बसेर निर्णय गर्ने कुरा भएको छ’ शिक्षाध्यक्ष भुसालले भने ।

विद्यार्थीहरुको पढाइ, भर्ना र परीक्षा कार्यक्रम प्रभावित नगर्ने गरी निर्वाचन गर्ने तयारी भइरहेकाले फागुनको अन्तिममा चुनाव हुन सक्ने भुसालले बताए ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले विद्यार्थीहरुको भर्ना, नतिजा प्रकाशन तथा परीक्षाको कारण फागुन १४ मा स्ववियु चुनाव गर्न नसकिने भएपछि फागुन अन्तिममा गर्न प्रस्ताव गर्ने तयारी गरेको बताए ।

उनले भने, ‘फागुन अन्तिममा गर्ने मोटामोटी सहमति भएको छ । त्यसका लागि सोमबार विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षसहितले मिति तय गरेर विद्यार्थी कल्याण परिषदमा पेस गर्ने र विद्यार्थी कल्याण परिषदले त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्ने गरी अगाडि बढाइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?