+
+

सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १०:५६

८ पुस, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

७ पुस बिहबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?