+
+
Shares

सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ म्युचुअल फन्डका तीन योजनाले इकाइधनीलाई १७ र २० प्रतिशत लाभांश घोषणा गरेका छन्।
  • सिद्धार्थ इक्वीटी फन्डले २० प्रतिशत, इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशत र स्किम–३ ले १७ प्रतिशत लाभांश दिने भएको छ।
  • यी योजनाको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

२६ साउन, काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाले लाभांश घोषणा गरेका छन् ।

३ बन्दमुखी योजनाले इकाइधनीलाई १७ र २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्वीटी फन्डले इकाइधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– २ ले पनि २० प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत लाभांश दिने भएको छ । यी इकाइको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिने व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यी तीनसहित हालसम्म २० म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?