+
+

गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो

चैतसम्म ५० हजार टन आयात गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १३:०६

८ पुस, काठमाडौं । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।

गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो ।

गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको भारतले दूतावास मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक-पटक पत्राचार गरेको थियो । सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो । नेपाली व्यवसायीले मन्त्रालय मार्फत भारतलाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आयातको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?