+
+

वर्ल्डलिंकलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १४:१९

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।

सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो ।

‘हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिंकलाई प्रदान गरिएको छ’ नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् ।

नोकियाले यही डिसेम्बर ७-८ सम्म सिंगापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिंकलाई यो अवार्ड प्रदान गरिएको थियो ।

हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । हाल नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औसत ४ : ३२ जनाले प्रयोग गर्दै आएका छन् ।

देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?