+
+

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १६:४२
सत्तारुढ गठबन्धनको बैठकको फाइल तस्वीर ।

९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । त्यस्तै दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन् ।

मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस १० गते अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्नेछ ।

सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपतिलगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन खोजेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?