+
+
Shares

राजेश ढुंगानाको ‘मुटु फलाम भएर’ लोकार्पित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १८:३६

३० जेठ,  काठमाडौं । अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धारावासी, प्राडा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।

प्रमुखअतिथि वरिष्ट साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाईँ दिँदै पुराना दिनहरु स्मरण गरे । उनले भने, ‘हराएको कविले फेरी सिर्जना लिएर आएकोमा खुशी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरु निरन्तर लेखेर योगदान गर्नुभएको थियो।’

प्राडा.गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामाथ्र्य भएका कविको रूपमा आफुले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए ।

‘उहाँको कविता वेदका मन्त्र पढेजस्तै छन्,जसले व्याख्या गर्दैनन्,संकेत मात्र गर्छन् । कविताको मूल स्वर बिद्रोह र असन्तुष्टितर्फ सुनिन्छन् । कतै कवि प्रेम बोल्छन्,’ प्रा.डा.गौतमले भने ।

कोमल तत्व र कठोर तत्व दुबै उत्तिक्कै कवितामा पाएको भन्दै उनले भने, ‘मृत्यूचिन्तन,प्रेमचिन्तन,देश चिन्तन,समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन्।’ कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामाथ्र्यका भएकामा प्रा.डा.गौतमले जोड दिए ।

साहित्यकार धारावासीले राजेशसंग विताएका बाल्यकालीन दिनहरु समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे ।

‘काठमाडौंको साहित्य र पत्रकारितामा पनि उहाँको भुमिका छ । उहाँ मुक्तक, गीत र कविता सशक्त ढंगले लेख्नसक्ने क्षमताबान कवि हो,’ धारावासीलेभने।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक, कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे ।

सार्वजनिक कृतिबाट सुधा शर्मा, राजेश खनाल लगायतले कविता वाचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?