+
+
Shares

समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते २२:१०

९ पुस, बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि आवश्यक छलफल भइरहेको दाबी गरेका छन् ।

महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग संवाद भइरहेको बताए ।

प्रेस सेन्टर बाँकेद्वारा शनिबार बाँकेमा आयोजित पत्रकार भेटघाटमा पार्टी प्रवक्ता समेत रहेका महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरे ।

उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । उनले भने, ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ, छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?