
१० पुस, विराटनगर । सुनसरी-मोरङ औद्योगिक करोडमा नयाँ स्टिल उद्योग थपिएको छ । ५ जना व्यावसायीले २ अर्ब ५० करोड लगानीमा नयाँ स्टिल उद्योग स्थापना गरेका हुन् ।
सुनसरीको दुहबी नगरपालिका-१ परास्टोकीमा स्थापित उद्योगले बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्नेछ । नयाँ स्थापित उद्योगले व्यावसायिक कारोबार सुरु गरिसकेको सञ्चालकले बताएका छन् ।
उद्योगले स्टिल बिलेटको व्यावसायिक करोबारसँगै छड, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने उद्योगका निर्देशक रमेश राठीले बताए । भट्टी राखेर आफैं बिलेट उत्पादन गर्ने उनले बताए । उद्योगले भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ ल्याउने जनाएको छ । युरोपियन टेक्नोलोजीको प्रयोग गरेर उत्पादन सुरु गरेको उनले बताए ।
देशमा निर्माणका ठूला परियोजना सञ्चालनमा रहेकाले गुणस्तरीय टीएमटी छडको मागलाई धान्न उद्योग स्थापना गरिएको उद्योगका निर्देशक राजकुमार गोल्छाले बताए ।
प्रतिक्रिया 4