+
+

प्रदेश १ मा सरकार गठनका लागि एमालेले बनायो वार्ता टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १५:५७

१० पुस, विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ ।

आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेको थियो । सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलाबल्लभ घिमिरे सदस्य छन् । टोलीले सरकार गठन र अन्य विषयमा दलहरुसँग सम्वाद गर्ने भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?