+
+

नेम्बाङ भन्छन् : एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १८:२३

१० पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्बाङले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि तानेको बताए । ‘अहिले कांग्रेस र एकीकृत समाजवादीबाहेक सबै हाम्रो समर्थनमा छन्’ अनलाइखबरसँग उनले भने, ‘एकीकृत समाजवादी संभवत आउँछ, हाम्रो वार्ता भइरहेको छ ।’

जनताले स्थिरता खोजिरहेको र आफूहरुले जनताको चाहना संवोधन हुने गरी सहमति गरेको दाबी पनि उनले गरे ।

प्रचण्डलाई प्रधानमन्त्रीमा माओवादीसहित, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा ३ जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?