+
+

आँधीखोला लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते ११:१४

११ पुस, काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश दिने भएको छ । ८ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँको ३० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आँधीखोला लघुवित्तसँगै मर्जर प्रक्रियामा रहेको सीवाईसी नेपाल लघुवित्तको ७ पुस बिहिबार बसेको सञ्चालक समितिको बैंठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नै नगद लाभांश प्रस्ताव गरेको थियो । दुवै लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?