+
+

पाल्पामा टिप्परले च्यापेर सह चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:२५

११ पुस, पाल्पा । पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो ।

त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?