+
+

कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनुपर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:३६

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको छ र, प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको उनले बताए ।

आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु प¥यो ।’

राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने उनले जानकारी गराए । अरु दलसँग समग्र पावर शेयरिङबारे छलफल हुन बाँकी रहेको भन्दै प्रचण्डले नयाँ सरकारको यात्रा चुनौतीपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?