+
+

५-७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:५०

११ पुस, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय  मन्त्रिपरिषद बन्न सक्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको नयाँ बानेश्वरमा बसेको बैठकबाट बाहिरिएका उनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका हुन् ।

यद्यपि उनले मन्त्री छनोटको बैठकमा आफू सहभागी नभएको र अरु दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिरहेको बताए । ‘दलहरुले प्रतिनिधि पठाउने विषयमा छलफल भरहेको छ’ उनले भने ‘ ‍…कुनै निश्कर्ष निस्केको छैन । मलाई लाग्छ ५-७ जनाको बन्ला ।’

उनले राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको बताए । सरकारमा जाने वा नजाने विषयमा पुन: पार्टीको बैठकबाट निर्णय गर्ने उनले बताए ।

‘अहिले तत्काललाई नयाँ सरकार निर्माणमा समर्थन गर्ने भनेको छ र बाँकी निर्णय पछि गर्छ भनेको छ’ उनले पत्रकारहरुसँग भने । पार्टीले निर्णय नगरेका कारण तत्काल सरकारमा नजाने अध्यक्ष लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?