+
+

नयाँ सरकारलाई सेयर बजारको हरियो झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १५:१७

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चितसँगै सेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ ।

सोमबार ५६.८६ अंकले बढेको बजार १९२४.०७ बिन्दुमा उक्लिएको हो । एमालेका उपाध्यक्ष पौडेललाई अर्थमन्त्रीका रुपमा नियुक्त गर्दैगर्दा यसअघि पनि बजारले सकारात्मक प्रतिक्रिया दिने गरेको थियो । सोमबार ३.०५ प्रतिशतले बजार बढेको हो ।

बजारमा कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ । सोमबार कुल २५० धितोपत्रको ३८ हजार ५५३ वटा कारोबारबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार अन्य उपसूचक बाहेक सबै उपसूचकमा हरियाली देखियो ।

यस दिन गुर्खाज फाइनान्समा सकारात्मक सर्किट लागेको छ । द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भयो । नेपाल टेलिकमको सबैभन्दा धेरै ५.५६ प्रतिशतले मूल्य घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?