+
+

‘ह्यारीकी प्यारी’को मोसन पोस्टर : डलरलाई पछ्याउँदै जितु र साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:२७

काठमाडौं । माघ २० गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका प्रमुख कलाकारद्वय जितु नेपाल र साम्राज्ञी शाह फिचर्ड छन् । सोसल-कमेडी जनरामा निर्माण भएको फिल्मको मोसन पोस्टरमा ब्रिफकेस समातेर डलर कमाउन दौडिएको ह्यारी र उसलाई पछ्याइरहेकी प्रेमिकालाई चित्रण गरिएको छ ।

कपिल रिजालको लेखन तथा निर्देशन रहेको फिल्म माघ २० गते प्रदर्शन हुँदैछ । फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जन भट्टराई र सरला रिजालको समेत अभिनय छ ।

पर्वतमा छायांकन गरिएको फिल्ममा साम्राज्ञी गाउँले युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यो फिल्म साम्राज्ञीको पहिलो कमेडी फिल्म समेत हो ।

चिकित्सक समेत रहेका रिजालको डेब्यु निर्देशन रहेको यो फिल्मलाई भारतको मुम्बईस्थित प्राइम फोकन स्टुडियोमा सम्पादन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?