
काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म वितरण व्यवसाय थालेकी छन् । उनी सीईओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले फिल्म ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको छ ।
सुहानाको कम्पनी र फिल्म निर्मात्री तथा निर्देशक समुन्द्र भट्टबीच फिल्म वितरणबारे लिखित सम्झौता भएको छ । तर गुलाबीको प्रदर्शन मिति तय भएको छैन ।
गुलाबीमा नाजिर हुसेन, सञ्चिता लुइँटेल, राजकुमार घोष र सुशील सिटौलाको प्रमुख भूमिका छ । डेढ करोड रुपैयाँ लगानीमा बनेको ‘गुलाबी’ले डिजिटल र वितरण अधिकार बिक्रीमार्फत ८० लाख आम्दानी गरेको भट्टले बताइन् ।
त्रिनेत्रम डिष्ट्रिब्यूसन कम्पनीको लगानीकर्ताको रुपमा विवेक विक्रम शाह छन् ।
‘भगवत् गीता’मा सौगात पनि
सुहाना इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘भगवत् गीता’को छायांकन माघ २० गतेदेखि सुरु हुने भएको छ । यो फिल्ममा धीरज मगर र सुहाना प्रमुख कलाकारको रुपमा फाइनल छन् ।
फिल्मको प्रमुख भूमिकामा सौगात मल्ललाई पनि लिने तयारी भएको छ तर निश्चित भइसकेको छैन । झरना थापाले निर्देशन गर्ने भगवत् गीतालाई वैशाख १ मै रिलिज गरिने निर्माता सुनिलकुमार थापाले बताए ।
प्रतिक्रिया 4