+
+

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु, काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ११:१०

१४ पुस, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका ५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगंगा नगरपालिका ४ का २२ वर्षीय गणेश चौधरीलाई बिचको टायरले च्यापेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका १ सिर्जनाचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बा २३ प २५२५ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई नालीमा खस्दा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक सिर्जनाचोक बस्ने धादिङ धार्केका २६ वर्षीय राजकुमार परियार र पछाडि सवार चन्द्रागिरि नगरपालिका १ बस्ने रोल्पाका २४ वर्षीय विशाल मगर छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । दुवैको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?