+
+

‘पठान’ विवाद : ‘बेसरम रंग’को परिमार्जित संस्करण पेस गर्न भारतीय सेन्सर बोर्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १६:३६
'बेसरम रंग'को दृश्यमा अभिनेत्री दीपिका पादुकोण

काठमाडौं । शाहरुख खानको कमब्याक फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा जति पर्खाइ छ, त्यति नै विवादमा पनि तानिएको छ ।

केही दिनअघि सार्वजनिक भएको ‘पठान’को गीत ‘बेसरम रंग’को बिकिनी विवाद तत्काल मत्थर हुने कुनै संकेत देखिएको छैन । गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूवाली संघसंस्थाले ‘बहिष्कार’को मुद्दा उठाइरहेका छन् । आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा रहेको फिल्मको गीत विवाद भारतको सेन्सर बोर्डमा पनि पुगेको छ ।

केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले ‘बेसरम रंग’ गीतको भिडियो परिमार्जन गरेर बुझाउन फिल्म निर्माण कम्पनीलाई निर्देशन दिएको बलिउड हंगामाले जनाएको छ । सीबीएफका अध्यक्ष प्रसुन जोशीले फिल्म हलमा रिलिज हुनु अगाडि नै उक्त गीतको भिडियो परिमार्जन गरेर बुझाउन भनेका छन् ।

उनले सेन्सर बोर्डले सधैं ‘पब्लिक सेन्टिमेन्ट’को सम्मान गर्दै आइरहेको र सबै विषय वार्ताकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिने गरेको बताए ।

‘पठान’मा शाहरुख र दीपिकासहित जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्ममा बीएफएक्स र एक्सनका जबर्जस्त दृश्य देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?